कामना सेवा विकास बैंक र लिसारा रेस्टुरेन्ट एन्ड थकाली किचेनबीच छुट सम्झौता

काठमाडाैं । कामना सेवा विकास बैंक र लिसारा रेस्टुरेन्ट एन्ड थकाली किचेनबीच बिहीबार मर्चेन्ट सम्झौता भएको छ।

यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले काठमाण्डौको नक्सालस्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवासुविधामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *