सांग्रिला बैंकद्वारा ट्राफिक प्रहरीलाई ज्याकेट सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत मालीगाउँ काठमाडौँस्थित ट्राफिक प्रहरी वृत्तलाई फ्लोरसेन्ट ज्याकेट सहयोग गरेको छ ।

त्यस क्षेत्रहरूमा चल्ने सवारी साधनहरूलाई व्यवस्थापन लगायत चुस्त दुरुस्त ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले उक्त ट्राफिक प्रहरी वृत्तलाई फ्लोरसेन्ट ज्याकेट प्रदान गरिएको बैंकको भनाई छ ।

ट्राफिक प्रहरीको टोलीलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले फ्लोरसेन्ट ज्याकेट हस्तान्तरण गरेका थिए । प्रहरी निरीक्षक सागर घलेले यससम्बन्धी कार्यक्रमलाई बैंकले निरन्तरता दिएकोमा धन्यवाद दिएका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *