सीडीएससी भन्यो – ‘सेयर बिक्री गर्नु अघि बिक्री गर्न योग्य रहे/नरहेको यकिन गर्नुहोस्’

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी)ले लगानीकर्तालाई आफ्नो स्वामित्वको धितोपत्र बिक्री गर्नुअघि बिक्री गर्न योग्य रहे/नरहेको यकिन गर्न अनुरोध गरेको छ ।

सीडीएससीले क्लोज आउटको समस्याबाट बच्न सीडीएससीले लगानीकर्तालाई सेयर बिक्री गर्नुअगाडि सो सेयर बिक्री गर्न योग्य रहे/नरहेको हेर्न आग्रह गरेको हो ।

डिम्याट खातामा रोक्का भएको धितोपत्र दोस्रो बजारमा बिक्री गरि राफसाफ तथा फछ्र्यौट गर्ने क्रममा हस्तान्तरण हुन नसकेर क्लोज आउट हुने समस्या देखिएपछि सीडीएससीले सम्पूर्ण लगानीकर्तालाई यस्तो अनुरोध गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *