काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज साढे १८ लाख बढी कित्ता सेयर थपिएको छ।
नेप्सेमा अरुण काबेली पावरको बोनस सेयर थपिएको छ। कम्पनीको १८ लाख ५५ हजार २११ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।
कम्पनीले अघिल्लो आर्थिक वर्षमा वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। अघिल्लो आर्थिक वर्ष यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
Artha Sanjal






