आयल निगमका कार्यकारी निर्देशक थानी बेस्ट म्यानेजमेन्ट अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक इ. उमेशप्रसाद थानी बेस्ट म्यानेजमेन्ट अवार्डबाट सम्मानित भएका छन् । नेपाल इञ्जिनियरिङ एसोसिएसनको ६१औँ स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा काम गरेका इञ्जिनियरहरूलाई सम्मान गर्ने क्रममा व्यवस्थापन क्षेत्रको अवार्ड कार्यकारी निर्देशक थानीलाई दिइएको हो।

निगमको कार्यकारी नियुक्त भएको १५ महिनामा पेट्रोलियम पदार्थको आपूर्ति र व्यवस्थापनमा उल्लेखनीय काम गरेको भन्दै नेपाल इञ्जिनियर्स एसोसिएसनले अवार्ड दिएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *