काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका मिनबहादुर गुरुङ लगायतको रिटमा विपक्षीलाई पनि सँगै राखेर सुनुवाइ गर्ने आदेश भएको छ । गुरुङ लगायतले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सिआइबीले भ्याकेट निवेदन दर्ता गराएपछि सँगै राखेर सुनुवाइ गर्ने आदेश भएको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले ललितानिवास प्रकरणमा सरकारी कागजात कीर्ते गरेको भन्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ लगायतका व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।
सिआइबीले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको बताएपनि पक्राउ परेकाहरुले भने आफूलाई गैरकानुनी थुनामा राखिएको भन्दी सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।
गुरुङ वादी रहेको रिटमा भ्याकेट निवेदन दर्ता गराएको सिआइबीलाई जानकारी दिएको नपाइएपछि अदालतले २४ घण्टाभित्र विपक्षीलाई जानकारी दिई इजलासमा पेश गर्न आदेश दिएको छ ।







