कामना सेवा विकास बैंक र ब्लु बर्ड इन्टरनेशनल क्लिनिकबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र ब्लु बर्ड इन्टरनेशनल क्लिनिक प्रालिबीच सम्झौता भएको छ । बैंक र ब्लु बर्ड इन्टरनेशनल क्लिनिकबीच आज असार २१ गते बिहिबार मर्चेन्ट सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौता अनुसार कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले काठमाडौं वडा नं – ११, त्रिपुरेश्वर स्थित ब्लु बर्ड इन्टरनेशनल क्लिनिक प्रा. लि. ले प्रदान गर्ने डाक्टर परामर्श शुल्क बाहेक अन्य सेवाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *