सनराइज बैंकले सुरु गर्यो मेसिनबाटै नगद र चेक खातामा जम्मा गर्न सक्ने सेवा

काठमाडौं । सनराइज बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको शुभारम्भ गरेको छ । आज  बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त नयाँ सेवाहरुको उद्घाटन गरेका हुन् ।

बैंकले नविनतम् सेवा सुविधा दिने उद्देश्यका साथ ग्राहकहरुलाई बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न क्यास डिपोजिट मसिन संचालनमा ल्याएको जनाएको छ। बैंकका अनुसार यस सेवा अन्तर्गत ग्राहकहरूले बैंक कर्मचारीको सहयोग बिनै कुनै भौतिक फारम नभरी केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद जम्मा गर्न सक्ने छन् र त्यस्तो रकम तुरुन्तै ग्राहकको खातामा जम्मा समेत हुन्छ ।

यसै गरी KIOSK मेसिनको प्रयोग गरी ग्राहकहरूले कुनै पनि समयमा बैंक कर्मचारीको सहयोग बिनै आफै क्लियरिङ चेक जम्मा गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार चेकहरू ग्राहकहरूको आवश्यकता तथा छनौट अनुसार सामान्य वा एक्सप्रेस क्लियरिङ अन्तर्गत जम्मा हुनेछ । साथै ग्राहकहरुले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेन्ट र स्टेटमेन्ट प्रिन्ट पनि यसै KIOSK मसिनबाट प्राप्त गर्न सक्नेछन् ।

बैंकले क्यास डिपोजिट मसिन सेवा हालको लागि आफ्नो गैरीधारा शाखामा र चेक डिपोजिट कियोस्क सेवा गैरीधारा तथा न्युरोड शाखामा सञ्चालनमा ल्याएको जनाएको छ छ । बैंकका अनुसार यी सेवाहरुलाई निकट भविष्यमा अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *