अध्यादेशमार्फत ल्याईयो कोशीमा बजेट,३६ अर्ब २४ करोड ३ लाख विनियोजन (पूर्णपाठ)

मोरङ । कोशी प्रदेश सरकारले ३६ अर्बको बजेट सार्वजनिक गरेको छ । आन्तरिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार मन्त्रालयको सभाहलमा अध्यादेशमार्फत ल्याएको बजेट सार्वजनिक गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरिएको हो। जसमा चालु खर्चमा १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र वित्तीय हस्तान्तरणतर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणमा ३ अर्ब ६० करोड २९ लाख ९२ हजार बजेट विनियोजन गरिएको छ ।

बजेटको स्रोततर्फ आन्तरिक ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार र राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघीय अनुदानबाट १५ अर्ब ३६ करोड ४६ लाख, नगद मौज्दात ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार आयको अनुमान गरिएको छ ।

यस बजेटमा कृषि क्षेत्रका लागि २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ भने उद्योगतर्फ ४३ करोड, भौतिक पूर्वाधारतर्फ ११ अर्ब ४१ करोड २६ लाख, खानेपानी, सिँचाई तथा उर्जातर्फ ५ अर्ब ४३ करोड ८३ लाख ,स्वास्थ्यतर्फ ३ अर्ब ७ करोड २७ लाख, सामाजिक विकासतर्फ १ अर्ब ७९ करोड ३३ लाख, श्रम तथा रोजगार, भूमि व्यवस्था, वन, वन्यजन्तुल तथा जैविक विविधता, पर्यटनलगायत क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।

प्रस्तुत बजेटमा कर्मचारीलाई प्रोत्साहनका लागि विद्युतीय हाजिरीका आधारमा दैनिक २ सयका दरले खाजा खर्च दिने बजेटमा व्यवस्था समेत गरिएको छ। त्यस्तै, प्रदेश सांसद पूर्वाधार विकास कार्यक्रमका लागि १ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ ।

बजेटकाे पूर्ण पाठ:–

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *