नबिल सेक्युरिटिजसहित थप ११ कम्पनीले पाए ब्रोकर लाईसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाईसेन्स दिएको छ । बोर्डले दोस्रो चरणमा नबिल सेक्युरिटिज लिमिटेडसहित ११ कम्पनीलाई ब्रोकर लाईसेन्स दिएको हो । नबिल सेक्युरिटिज धितोपत्र व्यापारी अर्थात् स्टक डिलर हो ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका थप ११ वटा निवेदक संस्थाहरुलाई धितोपत्र व्यापारी, पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा सिमित कार्य गर्ने धितोपत्र दलालको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको बोर्डले जनाएको छ ।

अनुमति पाएका अन्य ब्रोकरहरुमा एलिट स्टक हाउस लिमिटेड, इन्फिनिटी सेक्युरिटिज लिमिटेड, इन्डेक्स सेक्यूरिटिज लिमिटेड, शुभकामना सेक्यूरिटिज प्रा. लि, मेघा स्टक मार्केट्स लिमिटेड, हातेमालो फाइनान्सियल सर्भिसेस प्रा. लि, मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रा. लि., माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड, के.वि. एल. सेक्यूरिटिज लिमिटेड र कलश स्टक मार्केट प्रा. लि रहेका छन् ।

यसअघि बोर्डले पहिलो चरणमा सात कम्पनीलाई ब्रोकर लाईसेन्स दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *