आइएमई पे मार्फत प्लेन टिकट काट्दा १२५ रुपैयाँ क्यासब्याक

आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेमार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीले अब रु. १२५+ क्यासब्याक पाउने भएका छन्।

आइएमई पेमार्फत टिकेट काट्ने ग्राहकले एयरलाइन्स कम्पनीबमोजिमको रु. ७५ वा त्योभन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको ‘बोनस’ नामक प्रोमोकोड प्रयोगमा थप रु. ५० गरी कम्तीमा रु. १२५+ वा सोभन्दा बढी क्यासब्याक पाउन सक्ने छन्।

उक्त प्रोमोकोड यही जेठ ७ गतेदेखि आउँदो असार ६ गतेसम्म प्रत्येक ग्राहकले एकपटकमात्र प्रयोग गर्न पाउनेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *