पेट्रोल छर्केर चन्द्रागिरिमा एक महिलाद्वारा आत्मदाह

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । रामेछाप घर भई चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले आगो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजेको समयमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।शरीरमा आगो लागेपछि छटपटिँदै कोठा अगाडिको सडकमा आएपछि स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।

अचेत अवस्थामा उद्धार गरिएकी श्रेष्ठको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *