सुनको मूल्य घट्दा चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य बिहीबार पनि घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो । योसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार पनि सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *