नौ महिनामा विदेशी मुद्राको सञ्चिति १४ खर्ब ३३ अर्ब, ११ महिनाको आयात धान्ने

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ३३ अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले बढेर १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको हो १४ खर्ब ३३ अर्ब ७३ करोड

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ चैत मसान्तमा १४.८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड कायम भएको छ ।

चैत महिनामा मात्रै २५ करोड डलरको विदेशी विनियम सञ्चिति थप भएको छ । फागुन मसान्तसम्म १० अर्ब ६९ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति चैतमसान्तसम्म १० अर्ब ९४ करोड डलर पुगेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ चैत मसान्तमा २०.६ प्रतिशतले वृद्धि भई १२ खर्ब ७३ अर्ब ९९ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा २०७९ चैत मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ७४ करोड पुगेको छ । २०७९ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत हेको छ ।

९ महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिले ११ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *