जाल्पा सामुदायिक लघुवित्त संस्थाको लाभांश संशोधन

नेपाल राष्ट्र बैंकको निर्देशनमा जाल्पा सामुदायिक लघुवित्त संस्थाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्ताव गरेको बम्पर लाभांशमा संशोधन गरेको छ।

यसअघि गत कात्तिक १९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । जसमा ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.८४२१ प्रतिशत नगद लाभांश थिए।

संस्थाको सञ्चालक समितिको बैठकले अब उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १६ करोड रुपैयाँको १४.२५ प्रतिशतले हुन आउने २ करोड २८ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने १२ लाख रुपैयाँबराबरको नगद लाभांशमात्र वितरण गर्ने निर्णय गरेको छ।

राष्ट्र बैंकले गत फागुन १० गते ल्याएको परिपत्रबमोजिम लाभांश वितरण गर्न निर्देशन दिएकोले यसअघि प्रस्तावित लाभांशमा संशोधन गरिएको संस्थाले जनाएको छ।

अब संशोधन गरी प्रस्ताव गरेको लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *