संसदमा तोसिमाको प्रश्न‍ : एउटा भ्रष्टले अर्कोलाई जोगाइरहने अनि काण्डैकाण्डमा देश डुबाइरहेन ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले भ्रष्टाचारीहरुबी एकअर्कालाई जोगाउने खेल भइरहेको टिप्पणी गरेकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा धारणा राख्दै उनले सदन देश निर्माणका लागि छलफल गर्ने थलो भएपनि भ्रष्टाचारीलाई जोगाउने प्रहसन स्थल बन्दै गएको बताइन् ।

नक्कली शरणार्थी प्रकरणको विषयलाई लिएर सांसद कार्कीले प्रश्न गरिन्, ‘यो सदन देश निर्माणका लागि छलफल गर्ने ठाउँ हो कि एउटा भ्रष्टाचारीले अर्को भ्रष्टलाई जोगाउने प्रहसन स्थल हो ?’

शरणार्थी प्रकरणमा देशका ठूला निकाय र ठूला नेताहरु संलग्न रहेको कुरा बाहिर आएको र पक्राउ पुर्जी जारी भइसकेका व्यक्तिलाई पनि अहिलेसम्म पक्राउ नगरेर जोगाउन खोजिएको आरोप लगाइन् । ‘एकले अर्कालाई जोगाइरहने, अनि काण्डैकाण्ड गरिरहेने’, उनले भनिन्, ‘अनि यो देश डुबाइरहेन ? अन्तर्राष्ट्रिय जगतमा समेत राज्यलाई नै दलाली सावित गर्ने अनि कुन मुखले अनुदान माग्न जाने ?’

सांसद कार्कीले चिनारी फेरेर राष्ट्रघात र अपराध भइरहेको भन्दै छानविन गरेर कारबाही गर्नुपर्ने बताइन् । उनले सबै मन्त्री तथा सांसदहरुको सम्पत्ति विवरण तत्काल सार्वजनिक गर्न पनि माग गरिन् । ‘हामी सबै (रास्वपा सांसद)ले सदनलाई सम्पत्ति विवरण बुझाइसकेका छौं’, उनले भनिन्, ‘आजै सबैको सम्पत्ति विवरण वेबसाइटमार्फत सार्वज्निक गरियोस् । कर सहितको स्रोत खोज्न पनि निर्देशन दिइयोस् ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *