यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । साताको पहिलो दिनको कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूच्क १९ दशमलब १२ अंकले ओरालो लागेर एक हजार आठ सय ५० दशमलब ६१ मा सीमित भएको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये २६३ कम्पनीका २० लाख १५ हजार ९५९ कित्ता सेयर सेयर किनबेच भएको छ । आज ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैयाँमा किनबेच भएका छन्।

आज शिवम सिमेन्टको सर्वाधिक ३ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

मकर जितुमाया सुरी हाइड्रोपावर, नबिल बैंक, एनआईसी एसिया बैंक, ङादी ग्रुप पावर, हिमालयन डिस्टिलरी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एभरेस्ट बैंक, हिमाल दोखला हाइड्रोपावर र नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *