१२ सय रुपैयाँले घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ।

गत बिहीबार ९फागुन २१ गते० सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ। गत बिहीबार तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *