नेपाल इन्भेष्टमेन्ट मेगा बैकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

नेपाल इन्भेस्टमेन्ट मेगा बैक लिमिटेडले ४ अर्ब ४ करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार इकाइ भएको ऋणपत्र जारी गर्ने भएको हो।

यो ऋणपत्र १० वर्षे अवधिको हुनेछ। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्। सैबीच बैंकले ऋणपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तसम्बन्धी सम्झौतापत्रमा नेपाल इन्भेस्टमेन्ट मेगा बैकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशीष गौचनले हस्ताक्षर गरेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *