नेसनल लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। जसमा प्रस्तावित लाभांशमा ८ प्रतिशत र बोनस सेयर कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश छन्।

यसैगरी सभाले कम्पनीले माथि उल्लेखित लाभांशका अतिरिक्त हाल कायम चुक्तापुँजीको ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो जेठ ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ १० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन पाउने छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *