काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय, एलएस कम्प्लेक्स थापाथलीमा सम्पन्न भएको हो ।
साधारणसभामा अध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष ०७८-७९ को आय-व्यय र कम्पनीले सरकारको कोरोना रिलिफ एन्ड प्रिभेन्सन फन्डमा गरेको सहयोगलाई अनुमोदन गरेको छ ।
सभाले कम्पनीले आर्थिक वर्ष २०७८।७९ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाको रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोषमा कम्पनीको तर्फबाट गरिएको योगदान वापत ७ लाख रुपैयाँ कम्पनी ऐन २०६३ बमोजिम अनुमोदन गरेको छ ।
Artha Sanjal
अर्थ सन्जाल