गैरकानुनी गतिविधि गर्ने बिरुद्द हदैसम्मको कारबाही गर्ने सीबिफीनको चेतावनी

बैंक तथा वित्तीय संस्था परिसंघले संस्था, संस्थाको सम्पत्ति, साख एवम् कर्मचारीहरूको विरुद्धमा भइरहेको गैरकानुनी गतिविधिहरू नगर्न आग्रह गरेको। संघले विज्ञप्ति जारी गर्दै विभिन्न व्यक्ति, संस्था तथा समूहहरूबाट विगत केही समयदेखि निरन्तर भइरहेका गैरकानूनी गतिविधिहरू नर्गन सचेत गराएको हो।

कुनै पनि व्यक्ति, समूह वा संघ–संस्थाको आवरणमा बैंक वित्तीय संस्था, यसमा कार्यरत कर्मचारी, बैंक वित्तीय संस्थाको साख, गरिमा, विश्वसनीयता वा सम्पत्तिमा हानि नोक्सानी पुर्याउने, बैकिङ व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने, बैंक वित्तीय संस्थाहरूबाट लिएको कर्जाको सावाँ ब्याज नतिर्न दुरुत्साहन गर्ने लगायत कार्यहरू गरेको पाइएमा प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिने, उजुरी गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाहरूको हकहित संरक्षणको लागि प्रचलित कानुनले दिएको जुनसुकै अधिकार प्रयोग गर्न र जस्तोसुकै कठोर कदम चाल्ने परिसंघले बताएको छ।

परिसंघले बैंक तथा वित्तीय संस्था परिसंघ र यसमा आवद्ध सबै बैंक तथा वित्तीय संस्थाहरू पूर्ण रूपमा एकताबद्ध, प्रतिबद्ध र दृढ संकल्पित रहेको समेत विज्ञप्तिमा उल्लेख गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *