यूएई ११७ रनमै अलआउट, ललितले लिए ४ विकेट

एसिसी मेन्स प्रिमियर कपको फाइनल खेलमा नेपाललाई युएईले ११८ रनको सामान्य लक्ष्य दिएको छ। सोमबार वर्षाको कारण स्थगित भएको खेलको बाँकी खेलमा आज नेपालले युएईलाई ११७ रनमै समेट्न सफल भएको छ।

यस खेलमा ललितले ४ विकेट लिन सफल भए। अन्तिम विकेटमा उनले  युएईका जुनैद सिद्धिकीलाई आफ्नो शिकार बनाउँदै पहिलो इनिङ समाप्त गरे। उनी १० रन बनाएर खेलिरहेको थिए। यसअघि ललितले २७.२ ओभर र २७.३ ओभरको बलमा लगातार विकेट झारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *