सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।

आज छापवाला सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाला सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ६०० रुपैयाँ कायम भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *