निर्माण व्यवसायीले पाएनन् १ खर्ब भुक्तानी

काठमाडौं । मुलुकभरका निर्माण व्यवसायीले तीनै तहका सरकारबाट करिब १ खर्ब रूपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी छ। काम गरेर बिल पेस गरे पनि संघीय, प्रदेश र स्थानीय सरकारबाट एक खर्बभन्दा बढी रकम भुक्तानी नपाएको निर्माण व्यवसायीले बताएका छन्। लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको सरकारले विकास निर्माणका कामको भुक्तानी गर्न नसक्दा त्यसको असर अर्थतन्त्रमा परेको छ।

सरकारले पूर्वाधार निर्माण आयोजनाको भुक्तानी नगर्दा बजारमा पैसाको चर्को अभाव हुनुका साथै पूर्वाधार तथा विकास निर्माणका कामसमेत प्रभावित भएका छन्। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले तीनवटै तहका सरकारबाट निर्माण व्यवसायीले एक खर्ब रूपैयाँभन्दा बढी रकम भुक्तानी लिन बाँकी रहेको बताए।

‘तीनवटै तहका सरकारबाट निर्माण व्यवसायीले एक खर्बभन्दा धेरै रकम भुक्तानी पाएका छैनन्,’ उनले भने, ‘निर्माण व्यवसायीले समयमै भुक्तानी नपाउँदा उनीहरू बैंकको ऋणको भारी बोक्ने अवस्थामा आएका छन्।’ मुलुकभरका निर्माण व्यवसायीले तीनै तहका सरकारबाट करिब १ खर्ब रूपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी छ। महासंघका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागले मात्रै १८ अर्बभन्दा धेरै रकम भुक्तानी गर्न बाँकी छ।  नागरिक दैनिकबाट

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *