आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई मर्जरमा जान बोर्डको अन्तिम स्वीकृति

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सलाई एकआपसमा मर्जरमा जान नेपाल धितोपत्र बोर्डले अन्तिम स्वीकृति दिएको छ । बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ अनुसार दुबै कम्पनीलाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।

यी दुई कम्पनीले मर्जरमा जाने स्वीकृति पाउन वैशाख ३ गते बोर्डमा निवेदन दिएका थिए । बोर्डले कम्पनीहरूको निवेदनअनुसार यी दुई कम्पनीलाई एकआपसमा मर्ज गर्न अन्तिम सहमति दिएको हो ।

यी दुई कम्पनीबीचको मर्जरलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । अब कम्पनीहरूले आवश्यक कानूनी प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरू गर्नेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *