नेपाल बैंकको ब्राण्ड एम्बेसडरमा डा.महावीर पुनको निरन्तरता

काठमाडौं । नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेसडरमा पुनः डा.महावीर पुन नियुक्त भएका छन् । २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरको रुपमा नियुक्त भएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.पुनको नियुक्ति पुनः १ वर्ष थप गरिएको हो ।

बैंकले बैशाख १२ गते नेपाल बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौंमा एक कार्यक्रम आयोजना गरेको थियो । उक्त समारोहमा बैंकका कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र डा. पुनबीच उक्त ब्राण्ड एम्बास्डर नविकरण सम्बन्धी सम्झौता भएको हो ।

कार्यक्रममा एम्बास्डरमा नियुक्त डा.महावीर पुनले नेपाल बैंक जस्तो नेपालको बैकिङ्ग क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे । उनले नेपाल बैंकले देखाएको सम्मान र सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल बैंकको श्री वृद्धिमा आफ्नो सक्दो योगदान रहने बताए ।

यसैगरी प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले डा. महावीर पुन जस्तो विशिष्ट ब्यक्तित्व साथै आम नेपालीको प्रेरणाको श्रोतलाई नेपाल बैंकको ब्राण्ड एम्बासडर को रुपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए ।

हाल नेपाल बैंकको नेपालभर २२८ शाखाहरु, २०३ एटिएम साथै ५२ एक्सटेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *