प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनमा छलफल हुनुपर्ने माग

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी गराउन सांसदले माग गरेका छन् ।

मंगलबार बसेको बैठकमा प्रतिपक्षी दल एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालको केही समयपछि हुन लागेको भारत भ्रमणबारे संसद्मा जानकारी गराउनुपर्ने माग राखेका हुन् । सांसद पन्तले प्रधानमन्त्रीको भारत भ्रमणको विषय महत्वपूर्ण रहेकाले त्यसबारे संसद्भित्र छलफल हुनुपर्ने बताए ।

‘भारतसँगको सम्बन्ध हाम्रा लागि अत्यन्त महत्वपूर्ण छ, त्यो सम्बन्ध सुदृढ होस्, फलदायी होस् भन्ने हाम्रो चाहना छ, भारतसँगको सम्बन्धमा इतिहासदेखि नै हामीले थुप्रै समस्या झेल्दै आएका छौं, अहिले पनि ती समस्या विद्यमान छन्,’ उनले भने, ‘भारतसँग सन् १९५० को सन्धि ७३ वर्ष भइसक्यो, यसलाई फेर्नुपर्यो भनेर २८ वर्षपहिले मनमोहन अधिकारीले भारत भ्रमणको क्रममा उठाउनुभएको थियो तर आजसम्म त्यो आलटाल भइरहेको छ ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *