अब काठमाडौंका सडक पेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले सडक पेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न रोक लगाएको हो ।
महानगरपालिकाले नगर प्रहरी मार्फत पुतली सडक, सिनामंगल क्षेत्रमा सेकुवा पोल्दा वायु प्रदूषण भएको भन्दै रोक लगाउन सुरु गरेको हो ।
सेकुवाको कारण वायु प्रदूषण भएको, सडक पेटीबाट हिँड्दा यात्रुलाई सास्ती भएको भन्दै कल सेन्टर र वडाहरुमा पनि गुनासो समेत आउन थालेपछि यस्तो निर्णय गरिएको महानगरले जनाएको छ ।







