साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा बन्द भएको छ । यस्तै ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.७९ अंकले बढेर ३६३.१२ बिन्दुमा पुगेको छ ।
२६७ कम्पनीको २३ हजार २६५ वटा कारोबारमा ९८ करोड ३३ लाख ६७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । यस दिन ३२ लाख ९ हजार २१४ कित्ता सेयर किनबेच भएको छ । बिहीबार १३ वटै सूचक राताम्मे बनेको छ ।
आज कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य क्रमश: ९.९९ प्रतिशत र ९.९६ प्रतिशतले बढेको छ । आज १७८ कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको सेयर मूल्य घटेको छ ।
Artha Sanjal







