प्राइम कमर्सियल बैंकले संस्थापक समुहको १९ लाख १५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले आज वैशाख ४ गतेबाट बिक्री उक्त सेयर बिक्रेमा ल्याएको हो ।
उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनी, योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन्।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ। त्यसैले, बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
सेयर खरिदका लागि न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा भने कुनै हद लाग्ने छैन।
इच्छुक लगानीकर्ताले काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटलमा बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्ने अन्तिम मिति वैशाख १३ गते बैंकिङ समयसम्म तोकिएको छ।







