नेपाली बजारमा (मंगलबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो।
Artha Sanjal






