कृषि विकास बैंकद्वारा भाग्यशाली विजेतालाई ‘स्मार्ट फाेन’ हस्तान्तरण

कृषि विकास बैंकले आफ्नो ५६ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न प्रबर्द्धनात्मक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । सो अवसरमा बैंकले सेवा प्रदायक संस्थाको सहकार्यमा सञ्चालन गरिएकाे विभिन्न प्रबर्द्धनात्मक कार्यक्रम मध्ये मोवाइल बैंकिङबाट प्रथम पटक रु. ५०० वा सोभन्दा वढी रकमको मोवाइल टपअप गर्ने भाग्यशाली बिजेतालाई पुरस्कृत गरेको छ ।

माेबाईल बैंकिग प्रयाेगकर्ता जाेरायल डाेटीका श्री अमृत ओली र पर्राेहा रूपन्देहीका श्री माेनिका सुनारले १/१ थान स्मार्ट माेबाईल फाेन प्राप्त गरेका छन् ।त्यस्तै बैंककाे माेबाईल बैंकिगबाट प्रथम पटक रु. ५०० वा सोभन्दा बढी रकमको मोवाइल टपअप गर्ने भाग्यमानी ५६ जना ग्राहकहरूले जनही रु.५६० का दरले क्यास ब्याक प्राप्त गरेका छन् ।

बैंकका उपमहाप्रवन्धक प्रताप सुवेदीले बिजेता श्री अमृत ओलीले प्राप्त गरेको स्मार्ट फाेन निजकाे प्रतिनिधीलाई हस्तान्तरण गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *