अर्थमन्त्री डा. प्रकाशशरण महत र युरोपियन युनियन प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । युरोपियन युनियन प्रतिनिधिमण्डलकी राजदूत एमएस नोनी डिपरेजले आज सिंहदरबार पुगेर अर्थमन्त्री प्रकाशशरण महतसँग भेट गरेकी हुन् ।
अर्थ मन्त्रालयमा भएको भेटमा युरोपियन युनियनबाट प्राप्त सहयोगको समीक्षा र नेपाललाई थप सहयोग गर्ने बारेमा छलफल भएको स्रोतले जनाएको छ।
Artha Sanjal






