सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्ड अन्तरगत बैशाख ६ गतेदेखि सिटिजन्स सुपर ३० म्युचुअल फण्ड निकाष्शन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गर्न लागेको हो ।
जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५% विज पुँजीवापत कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमध्ये सर्वसाधारणका लागि इकाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक सिटिजन क्यापिटलले जनाएको छ ।
निष्काशन बन्द छिटोमा बैशाख १० गते हुनेछ भने सो अवधिसम्ममा पूर्णआवेदन नपरेमा निष्काशन अवधि बैशाख २० गतेसम्म लम्बिनेछ ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूणर् आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।






