सिद्धार्थ बैंकद्वारा ‘ग्लोबल मनी विक-२०२३’ भिडियो प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण

सिद्धार्थ बैंक लिमिटेडले ‘ग्लोबल मनी विक-२०२३’ को विषय वस्तु ‘प्लान योर मनि, प्लान्ट योर फ्यूचर’ लाई सार्थक बनाउने उद्देश्यका साथ टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको थियो जसमा ‘बैंकमा बचत गर्नुका फाइदाहरु’ शीर्षकमा भिडियो बनाई अधिकतम मनपराईएका तिन प्रतियोगिहरुलाई क्रमश : ३० हजार, २० र १० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरेको थियो ।

उक्त प्रतियोगिताका विजेताहरुलाई आज सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसारमा एक समारोह आयोजना गरी पुरस्कार प्रदान गरिएको छ । विजेताहरुलाई बैंकका प्रमुख डिजिटल मार्केटिङ अनन्त श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेको हो ।

उनले सबै प्रतियोगिहरुलाई धन्यवाद ज्ञापन गर्दै यस्ता प्रतियोगिताले सामाजिक सञ्जालको माध्यमबाट वित्तीय चेतना प्रदान गर्न मद्दत पुग्ने भएकोले आगामी दिनहरुमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिदैँ जाने कुरा पनि व्यक्त गरे ।

यसै गरी बैंकले ग्लोबल मनि वीक २०२३ कै अवसरमा आफ्नो आधिकारीक फेसबुक पेजमार्फत सात दिन दैनिक क्विज प्रतियोगिता पनि आयोजना गरेको थियो ।

यसका साथै बैंकले देशका सातै प्रदेशमा ९८ विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रमहरु पनि आयोजना गरेको थियो जसमा २,११८ जना महिला र २,०७२ जना पुरुष गरी कुल ४,१९० जनाको प्रतक्ष्य सहभागिता रहेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *