मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अपडेट

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ ७ लाख भन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्ल्यिरिङ्गका अनुसार आज सोमबारसम्ममा ७ लाख ३० हजार २६७ आवेदकबाट ८२ करोड ५ लाख ५ हजार रुपैयाँ बराबरको ८२ लाख ५ हजार ५० कित्ता सेयरको लागि आवेदन परेको हो ।

कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता सेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये १० प्रतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ आयोजना प्रभावित स्थानिय बासिन्दालाई र निष्काशन गरिसकेको छ ।

त्यसमध्ये ३ प्रतिशत अर्थात ८० हजार ७० कित्ता सेयर सामुहकि लगानी कोषका योजनाहरुको लागि र २ अर्थात ३२ हजार २८ कित्ता सेयर कर्मचारीहरुलाई सुरक्षित गरी बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता सेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

कम्पनीले निष्काशन गरेको आइपीओमा माग भन्दा बढी आवेदन परिसकेकोले चैत २२ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । सेयर प्रत्याभूतीकर्ता सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *