फोनपे र सुलभ पे प्रालिबीच सहकार्य ‘एन क्याश’, सहज रुपमा क्यूआर कोड भुक्तानी गर्न सकिने

मोबाइल वालेट फोनपे नेटवर्कमा डिजिटल वालेट सुलभ पे प्रालिको ‘एन क्याश’ जोडिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा फोनपे र सुलभ पे प्रालिबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो ।

यससँगै फोनपे नेटवर्कको क्यूआर कोड स्क्यान गरी एनक्याश वालेटबाट भुक्तानी गर्न सकिने भएको छ । कम्पनीका अनुसार एन क्याशमार्फत एपबाट तीन चरणमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने छ ।

त्यसका लागि सबैभन्दा पहिले एन क्याशको एप डाउनलोड गरेर एपमा आफ्नो विवरण राखी दर्ता गर्ने, त्यसपछि होमपेजमा केही बेर ट्याप गर्ने, अनि तल रहेको विजेट अप्सनमा ट्याप गर्नुपर्छ । त्यसपछि एन क्याश एपको विजेट छानेर उक्त विजेट ओपन गर्नुपर्ने छ । त्यसपछि स्क्यान गरी नेपाल पे, स्मार्ट क्युआर वा फोनपेको क्यूआरमा भुक्तानी गर्न सकिने कम्पनीले बताएका छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *