नबिल बैंक लिमिटेडले ४ वटा शाखा कार्यालयहरु स्थानान्तरण गर्ने भएको छ । बैंकले जोरपाटी–२, कालीमाटी, किर्तिपुर–२ र वीरगंज–२ को शाखा कार्यालयहरु स्थानान्तरण गर्न लागेको हो ।
बैंकले काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा रहेको शाखा कार्यालय काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटीमा स्थानान्तरण गर्न लागेको हो । त्यस्तै, कालिमाटीमा रहेको शाखा चन्द्रागिरी नगरपालिका–१४ नैकापमा, किर्तिपुर नगरपालिका–१ त्याङलाफाटमा रहेको शाखा बल्खु, टेकासी (दक्षिणकाली मार्ग टि.यु. गेट नजिकै) र वीरगंज महानगरपालिका–४ अलखिया रोडमा रहेको शाखा वीरगंज महानगरपालिका–८ वीरगंज बाइपासमा स्थानान्तरण गर्न लागेको जनाएको छ ।
उक्त शाखा कार्यालयहरु आगामी चैत २६ गतेदेखि संचालनमा आउनेछन् ।

Artha Sanjal






