नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीको प्रतिफल बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आज पदबहाली गर्दै उनले आगामी बजेटमा शिक्षा क्षेत्र सुधारका मुद्दाका विषयमा कार्ययोजना पेश गर्ने निर्णय गरे। उनले भने, “शिक्षामा हाम्रो धेरै लगानी छ । प्रतिफल नआएको हैन, आइरहेको छ । तर, लगानीअनुसारको प्रतिफल देखिँदैन । अब प्रतिफलको विस्तार, सुधार र सुदृढिकरणका काम अघि बढाउनेछौं ।”
मन्त्री राई गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी-१ बाट निर्वाचित भएका थिए। मन्त्री राई विसं २०४८ र २०५१ सालमा खोटाङ्बाट नेकपा(एमाले) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
Artha Sanjal







