९ लाख कित्ता सेयर लिलामीमा बिक्री प्राइम बैंक

प्राइम कमर्सियल बैंकले ९ लाख कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले ९ लाख कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत चैत २१ गतेबाट बिक्रीमा राख्न लागेको हो ।

उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकसँगै योग्य व्यक्ति तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ। त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लिलामीमा राखिएको सेयरका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण सेयर खरिदका लागि आवेदन दिन सकिनेछ।

इच्छुक लगानीकर्ताले यही चैत २९ गतेसम्म बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा बोलपत्र आवेदन पेस गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *