सगरमाथा जलविद्युतको आईपीओमा आवेदन दिने अन्तिम दिनमा ४ गुणा बढी आवेदन

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओ अन्तिम दिनसम्म करिब साढे ४ गुणाबढी आवेदन परेको  छ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अन्तिम दिन (आइतबार) साँझ ५ः०३ बजेसम्ममा १४ लाख ३३ हजार ७१७ आवेदकबाट १ अर्ब ६० करोड ७६ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख ७६ हजार ७४० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको ३५ लाख ८१ हजार ७६० कित्ता शेयरको ४.४८ गुणा बढी हो ।

कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो ।

कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्ये ३ लाख ५८ हजार १७५ जनाले मात्रै सेयर पाउनेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *