कृषि विकास बैंकको आयोजनामा पोखरामा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं ।‘Learn.Save.Earn’ स्थायी नाराका साथहरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमामनाइने Global Money Weeksको एघारौं संस्करणु Plan your money, plant your future भन्ने नाराका साथ यस बर्ष मार्च ६ देखि १२ सम्म देशभर बैंक तथा वित्तीय संस्थाहरुको प्रत्यक्ष संलग्नतामा वित्तीय साक्षरता कार्यक्रमका साथ मनाइदैछ ।

यसै क्रममा कृषि विकास बैंकगण्डकी प्रदेश कार्यालय,पोखराको आयोजनामा पोखराको गुरुकुल विद्या सदन नयाँबजार पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । त्यस विद्यालयमा कक्षा ११ मा विज्ञान मुख्य विषयलिई अध्ययनरत विद्यार्थीहरुलाई कृषिविकास बैंकका उपमहाप्रवन्धक प्रेम कुमार श्रेष्ठ र नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक आर्या जोशीले वित्तीय साक्षरता सम्वन्धमा प्रशिक्षण दिएकी थिइन ।

सो कार्यक्रममा विद्यार्थीहरुलाई बैंकको विकासक्रम, बचत गर्ने बानी, बचतको महत्व र बचतलाई आफ्नो आवश्यकताअनुसार बैंकको विभिन्न किसिमका खातामा जम्मागर्ने, यसले पार्ने सकारात्मक प्रभाव, बैंकले उपलब्ध गराउने कर्जाका प्रकारहरु र कृषि विकास बैंकले उपलब्ध गराउने निक्षेप तथा कर्जाका किसिमका अतिरिक्त विभिन्न सेवाको बारेमा जानकारी गराइएको थियो ।

गण्डकीप्रदेश कार्यालय पोखराका निर्देशक  प्रकाशकंडेलको अध्यक्षता, नेपाल राष्ट्र बैंक पोखराका निर्देशक आर्या जोशीको प्रमुख आतिथ्यता र कृषिविकास बैंक मुख्य कार्यालयका उपमहाप्रबन्धक  प्रेम कुमार श्रेष्ठको विशिष्ट आतित्थता रहेको थियो ।  उक्त कार्यक्रममा प्रदेश कार्यालय पोखराका बरिष्ठ शाखा प्रमुखहरु  कृष्ण कुमारी पौडेल,  महेश पौडेल,  भिम सुवेदी लगायत अन्यकर्मचारीहरुको उपस्थिति रहेको थियो

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *