नेपाल बैंकको २२८ औं शाखा भरतपुरको हाकिमचोकमा

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो २२८ औं शाखा चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकमा  स्थापना गरेको छ । मिति २०७९ चैत्र १० गते शुक्रबार नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी  सुरेन्द्र पौडेल  र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत   कृष्णबहादु्र अधिकारीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा उद्घाटन गरेका थिए ।

उक्त समाहरोहमा नेपाल बैंक लिमिटेड हाकिमचोक शाखाका शाखा प्रवन्धक  नीना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय बागमति प्रदेशका प्रादेशिक प्रमुख पासाङ दोर्जी शेर्पा र  चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चुन नारायण श्रेष्ठ, उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेल, वीरेन्द्र क्याम्पसका प्रमुख  दयाराम पौडेल, सप्तगण्डकी  क्याम्पसका  प्रमुख  मणिराज महतो लगायत उपस्थित रहेको थियो ।

उद्घाटन समाहरोहमा जनप्रतिनिधी, ब्यापारी÷ग्राहक, जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख, शिक्षक, नेपाल बैैक लिमिटेडका निवर्तमान कर्मचारी तथा जेष्ठ नागरिकहरुको समेत उपस्थिती रहेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *