अर्थमन्त्रालय कांग्रेसले भागमा, महतको सम्भावना प्रबल

अर्थमन्त्रालय नेपाली कांग्रेसले पाउने पक्का भएको छ । कांग्रेसले जम्मा ८ मन्त्रालय पाउने पक्कापक्की भएको छ । योसँगै जसमा अर्थमन्त्रालय पनि कांग्रेसको भागमा परेको छ ।

अर्थमा पार्टी प्रवक्तासमेत रहेका सांसद प्रकाशरण महत पक्का जस्तै छन् । कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने भएको हो ।

पार्टीका पूर्वमहामन्त्री एवं पूर्वउपसभातिसमेत रहेका सिंहले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकारमा उपप्रधानसहितको एक मन्त्रालय सम्हाल्ने छन् । कुन मन्त्रालय लिने भन्नबारे भने छलफल भइरहेको बताइएको छ । कांग्रेसबाट मन्त्री बन्नेहरुको सूचीमा धनराज गुरुङ, एनपी साउद, सीता गुरुङ छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *