उन्नति सहकार्य लघुवित्तद्वारा साधारणसभा आह्वान

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आठौँ वार्षिक साधारणसभा आह्वा गरेको छ।

संस्थाको सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले वार्षिक साधारणसभा यही चैत ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ एसियन बुद्ध होटेलमा बिहान ८ बजेबाट सुरु हुनेछ।

सभाले भविष्यमा अन्य लघुवित्त संस्थालाई गाभ्ने वा संस्थासँग गाभिने वा प्राप्ति हुन जाने प्रयोजनार्थ उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कारबाही अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। यो आर्थिक वर्षका लागि संस्थाले कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले चैत १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको वार्षिक साधारणसभा सहभागी हुन पाउनेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *