नेपाली बजारमा बिहीबार सुनको मूल्य फेरी बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal






