यस्तो छ आज विदेशी मुद्राको विनिमयदर,कसको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ६९ पैसा र बिक्री दर १३२ रूपैयाँ २९ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ १० पैसा र बिक्री दर १४१ रूपैयाँ ७४ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ३ पैसा र बिक्री दर १६० रूपैयाँ ७६ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४४ रुपैयाँ ५८ पैसा र बिक्री दर १४५ रुपैयाँ २४ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ७१ पैसा र बिक्री दर ८८ रुपैयाँ ११ पैसा रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *