हिमालयन एभरेस्ट इन्स्योरेन्सकाे वार्षिक साधारणसभा आह्वान

हिमालयन एभरेस्ट इन्स्योरेन्सले आफ्नो १९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठक वार्षिक साधारणसभा आउँदो चैत २९ गते आयोजना गर्ने निर्णय गरेको हो ।

सभा काठमाण्डौको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा आयोजना गर्नेछ। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल ५.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २.७५ प्रतिशत बोनस सेयर र २.७५ प्रतिशत नगद लाभांश (करसहित) छन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ चैत ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत २ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *