एनआइसी एशिया लघुवित्तले लाभांश घोषणा गर्यो

एनआईसी एसिया लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७८/७९का लागि लाभांश प्रस्ताव गरेको हो । संस्थाको संचालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको कुल १४.७५ प्रतिशतले हुन आउने २५ करोड ६५ लाख ६७ हजार ४०० रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंक र वित्त संस्थाको साधारण सभाले पारित गरेपछि सर्वसाधारण शेयरधनीले पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *